News Desk
काठमाडौँ, साउन ४ | मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन्। उनीविरुद्ध २०८१ चैत २५ गते नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि सुरक्षाअंगले तत्काल कार्यान्वयनमा नलिएको खुलासा भएको छ।
अहिराज तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता मानिन्थे, जसका कारण २०७७ फागुन ७ गते उनलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपीलराज बोहराका अनुसार, पक्राउपछि अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ र अहिराजविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
यद्यपि लामो समयसम्म पक्राउ नपर्नु र निगरानी नहुनु भन्ने सवालमा प्रहरी निकायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।