मधेश प्रदेशमा ९५ प्रतिशत ठाउँमा पानी वितरण भइरहेको छ​ : प्रधानमन्त्री ओली
News Desk
Jul-24 , 2025 तारिख 11:16 बिहान

मधेश प्रदेशमा ९५ प्रतिशत ठाउँमा पानी वितरण भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन्प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले बाँकी ५ प्रतिशतमा पनि पानी पुर्‍याउने बताए। उनले भने, ‘मधेश प्रदेशमा खानेपानीको समस्या छ, सरकारले ९५ प्रतिशत त पानीट्यांकी इत्यादीबाट वितरण गरिरहेको छ, अझै पाँच प्रतिशतमा पुगेको छैन, सरकारले त्यसमा पनि पानी पुर्‍याउँछ, यसमा सरकार गम्भीर छ।’

उनले सरकारले छिटो नै मधेश प्रदेशमा दीर्घकालीनरुपमा पानीको व्यवस्थापन गर्ने पनि बताए l