गुल्मी–पाल्पा सिमानास्थित खोलाले बोलेरो बगायो, यात्रुहरू सकुशल उद्धार Dr
News Desk
Jul-24 , 2025 तारिख 11:55 बिहान

गुल्मीको दिगामबाट सर्देवा हुँदै सीजी मार्ग भएर बुटवलतर्फ जाँदै गरेको लु ३ च ५०३५ नम्बरको डबल क्याप बोलेरो गाडी खोलाले बगाएको छ।

गाडी गुल्मी र पाल्पाको सिमानामा पर्ने सातमुरे भन्ने स्थानमा खोलाबाट तर्दै गर्दा एक्कासि आएको बाढीले बगाएको हो।

सवारी साधन खोलाले बगाए पनि गाडीमा सवार सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको जानकारी प्राप्त भएको छ।

स्थानीयवासी तथा सुरक्षाकर्मीहरूको सहयोगमा उद्धार गरिएको जनाइएको छ।