प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे, दुई विधेयकमाथि छलफल हुने
News Desk
Jul-24 , 2025 तारिख 12:01 बेलुका

प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकको कार्यसूचीमा दुई महत्वपूर्ण विधेयकहरू प्रस्तुत हुने छन्।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले "मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१" माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन्।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले "राष्ट्रिय सभाबाट उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१" माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।