नेपालका राष्ट्रिय विभूति एवं प्रथम कमाण्डर इन चिफ भीमसेन थापाको २५१औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
News Desk
Jul-25 , 2025 तारिख 05:14 बेलुका

नेपालका राष्ट्रिय विभूति एवं प्रथम कमाण्डर इन चिफ भीमसेन थापाको २५१औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । यसैक्रममा काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली तथा सम्मान अर्पण कार्यक्रम गरिएको छ ।

त्यसबखत नेपाली सेनाले स्वर्गीय थापाप्रति सम्मान अर्पण गर्‍यो । समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरुले भीमसेन थापाका योगदानहरुको स्मरण गर्नुभयो । भीमसेन थापाले नेपाली सेनाको आधुनिकीकरण र तत्कालीन समाज सुधारमा गरेका कामहरुका बारेमा उहाँहरुले धारणा राख्‍नुभएको थियो ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसनले कार्यक्रम आयोजना गरेको हो ।