News Desk
काठमाडौं, साउन - १०, रोटरी इन्टरनेशनलले विश्वव्यापी वातावरण संरक्षण अभियानअन्तर्गत आज (२६ जुलाई) नेपालभरका रोटरी क्लबहरू मार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । सो अभियान अन्तर्गत विभिन्न स्थानमा रहेका क्लबहरूले आफ्ना स्थान अनुसारको क्षेत्रमा वृक्षारोपण गरी हरित वातावरण निर्माणमा योगदान दिएका छन् ।
यसै क्रममा रोटरी क्लब अफ कपनले काठमाडौंको स्वयम्भू क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा क्लबका अध्यक्ष प्रल्लाद दाहाल, पूर्व अध्यक्षहरू डा. राजु कोन्दन लामा र मनोज कुमार घिमिरे, सचिव दीपकचन्द्र गौतम, उपाध्यक्ष रामभक्त दाहाल, इलेक्ट–प्रेसिडेन्ट मन्जु श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर टिका प्रसाद घिमिरे लगायतको सक्रिय उपस्थिति रहेको थियो।

रोटरी इन्टरनेशनलका विभिन्न शाखा (क्लब) मार्फत क्लबहरू सक्रिय रहेर सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएका छन्।
रोटरी क्लबका पदाधिकारीहरूका अनुसार वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि यसलाई अभियानका रूपमा अघि बढाइने बताइएको छ। रोटरी क्लब अफ कपनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार रोटरीले यस्ता किसिमका धेरै सेवामूलक कार्यक्रम गर्ने गरेको कुरा बताउँदै आफ्नो क्लबले पनि सोही कुरामा साथ दिईरहने कुरा बताए । क्लबका सचीव दिपक चन्द्र गौतमका अनुसार यसपटक हामीले जे गर्यौं अर्को पटकलाई यो अझ बृहत्तर रुपले गरिने कुराको जानकारी गराए ।