बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान
News Desk
Jul-30 , 2025 तारिख 11:54 बिहान

काठमाडौं, श्रावण १४ |बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह राजधानी काठमाडौंमा सम्पन्न भएको छ। साहित्यिक विधातर्फ बैरागी काइँला र भुवन ढुङ्गानालाई तथा राजनीतिक दर्शन विधातर्फ मीना सुब्बा र नयनसिंह कडायतलाई सम्मानित गरिएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार विजयीहरुलाई सम्मानपत्र र नगद राशिसहित सम्मान प्रदान गर्नुभयो। प्रधानमन्त्री ओलीले बीपी कोइरालाको आदर्श र विचारलाई वर्तमान राजनीतिक र सामाजिक परिवेशमा सान्दर्भिक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री ओलीले बीपी कोइरालाको बहुदलीय प्रजातन्त्रप्रतिको प्रतिबद्धता, राष्ट्रिय एकता र समाजवादप्रतिको दृष्टिकोण आज पनि उत्तिकै प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।

पुरस्कृत स्रष्टाहरूले बीपी कोइरालाका आदर्शलाई आत्मसात गर्दै समाज रूपान्तरणमा साहित्य, चिन्तन र विचारमार्फत योगदान दिइरहेकोमा आयोजक संस्थाले कदर प्रकट गरेको छ।

कार्यक्रम बीपी कोइराला प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको हो।