News Desk
नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन।
इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी छिन।
“साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उनले भनिन्, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।”
बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट-५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दीन।