एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरु सम्मानित
News Desk
Aug-03 , 2025 तारिख 01:42 बेलुका

काठमाडौं । राजधानी काठमाडौंको काठमाडौं महानगरपालिका -२५, अवस्थित तँलाछि टोल सुधार समाजको तर्फबाट २०८० / ०८१ मा का.म.पा. -२५ बाट माध्यमिक शिक्षा परीक्षा ( एसईई ) उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेका छन् । टोलीका पुर्व वडा अध्यक्ष बाबु राजा महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापतित्व समाजका अध्यक्ष अनुज श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा वरिष्ठ चित्रकार मदन चित्रकारले आफ्नो बाल्यकालको ठाउँमा यसरी कार्यक्रममा सम्बोधन गर्न पाउँदा गर्ववान्तित भएको जानकारी गराए, भने एसईई जस्तो आइरन गेट उत्तीर्ण भएकोमा बधाई ज्ञापन पनि गरेका थिए । 

त्यस्तै, समाजसेवी नरेश महर्जनले आफ्नो वडामा यसरी सम्मान कार्यक्रमले विद्यार्थीहरुमा हौसला मिल्ने बताए । उक्त कार्यक्रम संचालक तथा समाजका उपाध्यक्ष जिबेश श्रेष्ठले समाजले हरेक महिनाको पहिलो शनिवार स्वास्थ शिविर गर्दै आएको पनि जानकारी गराए ।