मर्स्याङ्दी नदीमा ब​स​ ख​स्दा १ ज​ना ग​म्भिर​ घाईते
News Desk
Aug-04 , 2025 तारिख 12:05 बेलुका

गोरखाबाट चिवतन जाँदै गरेको बस  मर्स्याङ्दी नदीमा खसेको छ। आँबुखैरेनी गाउँपालिका- २ स्थित ऐनापहरामा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस नदीमा खसेको हो।

 उक्त बस करिब अपरान्ह ४ बजेर ३० मिनेटको समयमा मर्स्याङ्दीमा खसेको हो।

बस दुर्घटना भएको स्थानीयले जानकारी प्रहरीलाई गराएका थिए।  बसमा ८/९ जना यात्रु रहेका थिए। ५ जनाले हाम फालेर  ज्यान जोगाएको रेग्मीले बताए। बाँकी चार जना मध्ये एक जना अन्दाजी ४० वर्षीय  महिलाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि भरतपुर पठाइएको छ।  बाँकी घाइते यात्रु भने आबुँखैरेनीकै अस्पतालमा उपचाररत रहेको रेग्मीले जानकारी दिए।