नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता हुने
News Desk
Aug-05 , 2025 तारिख 06:48 बिहान

नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।

आज सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले चन्द समूहसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले एकता प्रक्रियाका लागि मिति तोकेर वार्ता सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो।

उहाँले थप जानकारी दिँदै बैठकमा पार्टीको आन्तरिक संगठनात्मक विषयहरूमा पनि गहन छलफल भएको बताउनुभयो।

"विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेका छौँ। वार्ताका लागि चाँडै समिति गठन गरेर प्रक्रिया अघि बढाइनेछ," प्रवक्ता सापकोटाले भन्नुभयो।

साथै, बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे समेत गम्भीर छलफल गरिएको उहाँले बताउनुभयो।

 

धेरै पढिएको