News Desk
विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयरले गैरकानुनी सम्पत्ती आर्जन गरेको ठहर गर्दै बुधबार एक वर्ष कैद सजाय र बिगोबमोजिम ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको हो । अदालतले मेयर थापा र उनको परिवारको आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा देखिएको जनाएको छ ।