News Desk
काठमाडौं । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले प्रकाशन गरेको पुस्तक ँसाँगे दर्पणँ को समिक्षा तथा भावी रणनीति निर्माण सम्बन्धी विशेष छलफल कार्यक्रम यही २०७९ साउन २५ गते आइतवारका दिन आयोजना हुने भएको छ।
कार्यक्रम राजधानीको बसुन्धरास्थित साउथ वेष्ट्रन कलेजमा दिउँसो २ः४५ बजे सुरु हुनेछ। आयोजक संस्था साँगे सभ्यता संरक्षण तथा विकास अभियानले सम्पूर्ण सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई अमूल्य सुझाव र सल्लाह दिन आग्रह गरेको छ।
साँगे सभ्यता संरक्षण तथा विकास अभियानका महासचिव सरोज ओझाका अनुसार, हालै प्रकाशनमा आएको ँसाँगे दर्पणँ पुस्तकको समिक्षा गर्नुका साथै साँगे क्षेत्रको सभ्यता, संस्कृति र समग्र विकासमा केन्द्रित भावी कार्यदिशा र रणनीति निर्माणका लागि कार्यक्रम आयोजना गरिएको हो।
अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे दर्पणँ पुस्तक बारे समिक्षा गर्ने र साँगे क्षेत्रको सामाजिक, सांस्कृतिक र ऐतिहासिक मूल्यमान्यतालाई संरक्षण र प्रवर्द्धन गर्ने अभियान अन्तर्गत यो छलफल आयोजना गरिएको जानकारी दिए।
उक्त छलफलमा साधारण एवम आजीवन सदस्यहरुसहित बुद्धिजीवि, पत्रकार, शुभेच्छुकसहित सरोकारवाला सबईको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रममा सहभागी भई साँगे सभ्यताका विषयमा विचार-विमर्श गरी अभियानलाई अझ प्रभावकारी बनाउन सबैलाई आह्वान गरेको छ।