गैर कानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार
News Desk
Aug-07 , 2025 तारिख 05:33 बेलुका

गैर कानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार गरिएको छ

सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा दिल्ली स्थित नेपाली  राजदूतावासले  ती महिलाहरूको उद्धार गरी आज नेपाल पठाएको छ । भारत कालागि नेपाली राजदूत डा शङ्कर शर्माले सामाजिक संन्जाल फेसबुक मार्फत यो कुरा सार्वजनिक गर्नु भएको छ।