भारतमा गएको बाढीमा परी बेपत्ता २० जना नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण 
News Desk
Aug-09 , 2025 तारिख 06:35 बिहान

राष्ट्रियसभामा नेपाली कांग्रेस सांसद कृष्णबहादुर रोकायाले भारतमा गएको बाढीमा परी २० जना नेपालीहरू बेपत्ता भएको भन्दै उद्धार र खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै उनले भारतको पहिरो र बाढीमा परी रोजगारीका लागि पुगेका नेपालीहरू बेपत्ता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भारतको उत्तराखण्ड राज्यमा बाढीका कारण केही घटनामा ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे। बेरोजगारी समस्याका कारण लाखौँ नेपाली युवाहरू खाडी मुलुकमा जाने क्रममा केही युवाहरू सुरुमै ठगिने र केही मानिसहरूले जमोखिमयुक्त काम गर्नुपर्ने बाध्यताका कारण कयौँले ज्यान गुमाइरहेको उनले बताए। 

बाढी, पहिरोमा परी बेपत्ता हुनेमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जनाभन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना परेको अनुमान रहेको बताए।

पौरी गढवावामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएको अनुमान रहेको उनले बताए। बेपत्ता हुनेमा बर्दियाका नागरिक रहेका बताए।

धेरै पढिएको