चितवनमा विदाको दिन सरकारी गाडीको दुरुपयोग, दुई दिनमै ४० भन्दा बढी सवारी नियन्त्रणमा
News Desk
Aug-11 , 2025 तारिख 12:28 बेलुका

चितवन प्रहरीले सार्वजनिक विदाको दिन अनुमति बिना सञ्चालनमा रहेका सरकारी गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। शनिबार र आइतबारको चेकजाँच अभियानमा ४० भन्दा बढी सरकारी सवारी साधन पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहको नेतृत्वमा गरिएको विशेष अनुगमनका क्रममा सार्वजनिक बिदामा पासबिनै सञ्चालनमा रहेका गाडी र मोटरसाइकल पक्राउ परेका हुन्। प्रहरीले ती सवारी साधनका चालकलाई सम्बन्धित प्रशासन कार्यालयको पास ल्याएपछि मात्र छोडिएको जनाएको छ।

निरीक्षक सिंहका अनुसार सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न चलाइएको यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

📷 तस्बिर: ईप्रका मुग्लिन