News Desk
रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा लामिछानेको निवेदनमाथि सुनुवाइ हुँदै उक्त आदेश जारी गरिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि उनी हाल रुपन्देही कारागारमा छन्। लामिछानेले बिगो रकम बुझाउने सर्तसहित बाहिरबाट मुद्दा लड्न पाउने अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए।
तर अदालतले प्रस्तुत आधार र प्रमाणका आधारमा उनलाई थुनामै राख्ने निर्णय गरेको हो।
