सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने
News Desk
Aug-12 , 2025 तारिख 06:20 बिहान

सङ्घीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्नेछ। प्रतिनिधिसभा अपराह्न १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु हुनेछ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, आव २०८०/८१’ प्रस्तुत गर्ने सम्भावना छ। साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभा बैठक भने दिउँसो १ः१५ मा बस्नेछ। यस बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभामा पेस गर्ने तय छ।

साथै, संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम पनि रहेको छ।

धेरै पढिएको