News Desk
उत्तरपश्चिमी स्पेनी क्षेत्र कास्टिला वाई लियोनमा डढेलो फैलिएको छ। जसकारण सयौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
अधिकारीहरूले अत्यधिक गर्मी र सुख्खा अवस्थाका कारण दर्जनौं आगोसँग लडिरहेको बताएका छन। शनिवार दिउँसोबाट शुरु भएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन। युनेस्कोको विश्व सम्पदा स्थल लास मेडुलासमा समेत आगो पुगेको छ।
अर्को डढेलोले जामोरा प्रान्तमा लगभग ८५० जनालाई खाली गर्न बाध्य पारेको छ। कास्टिला वाई लियोनले सप्ताहन्तमा विभिन्न आकारका ३० भन्दा बढी डढेलो रेकर्ड गरेको छ। स्पेनले १९७५ मा रेकर्ड शुरु भएदेखि नै सबैभन्दा लामो र सबैभन्दा तीब्र गर्मीको लहर सहिरहेको छ।
यस क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको छ। उत्तरी क्षेत्र नाभारा र दक्षिणपश्चिमी प्रान्त हुएल्भामा पनि आगलागीका घटनाहरू रिपोर्ट गरिएका छन। युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार २०२५ मा अहिलेसम्म स्पेनमा ४६ हजार हेक्टरभन्दा बढी जमिन जलेको छ।