News Desk
निराज रानाभाट, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय किसान आयोगका पदाधिकारीहरुको ४ वर्षे कार्यकाल पूरा भएसँगै अहिले आयोग विगत ४ महिनादेखि पदाधिकारी विहिन भएको छ । वि.सं. २०७८ साल बैशाख १९ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त पदाधिकारीहरुको गत बैशाख महिनामा कार्यकाल सकिएको हो । आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालसहित सदस्यहरु जीवन्ती पौडेल, सूर्य प्रसाद खनाल, मञ्जु धिमाल, टेक बहादुर बोगटी र पुष्पा भुसालको गत बैशाख महिनाबाट पदावधि सकिएको हो ।
लामो समयदेखि पदाधिकारी विहिन रहेको राष्ट्रिय किसान आयोगमा सिघ्र पदाधिकारीहरु नियुक्त गर्न जरुरी देखिएको छ । पदाधिकारीहरु नियुक्ति नहुँदा विभिन्न कामहरु तथा कार्यक्रम समेत गर्न समस्या भएकाले अध्यक्ष लगायतका पदाधिकारीहरु नियुक्त गर्न सरकारको ध्यानाकर्षण हुनुपर्ने देखियो ।