"बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन" प्रधानमन्त्री ओली
News Desk
Aug-14 , 2025 तारिख 12:06 बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिनेगरी सरकारले कानुन नल्याउने बताएका छन।

प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलाइएको बताए।

‘बहुविवाहलाई मान्यता दिने विषय संवेदनशील भएर उठेको देखिन्छ। सामाजिक जागरण, सामाजिक न्याय र महिला हकअधिकारका लागि लडेर ल्याएका पार्टीहरूले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउँछ भन्ने कसरी लाज्ञ्ो? हल्ला कसले चलायो? मैले थाहा पाएको छैन। सरकारले थाहा पाएको छैन। कहाँबाट आउँछ ?’ उनले भने,  ‘सभामुख महोदयमार्फत म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु बहुविवाहलाई मान्यता दिनेगरी कानुन बनाउन लागिएको छैन। बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन।

उनले यस्ता अरु पनि हल्ला चलाइएको भन्दै आफू त्यसको पछि नलाग्ने बताए।