News Desk
प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौँ-तराई-मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन्।
बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो।
जसमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे। उनले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए।
उनले अब बनाउनुपर्ने कामहरू छिटो सकिने किसिमका रहेकाले द्रुत गतिमा काम अघि बढ्ने बताए।