News Desk
दुईपल्ट राष्ट्रपति भएर राजनीतिमा फर्किएकी एमालेकी नेत्री विद्या भण्डारीले युवासँग अन्तरसंवाद गरेकी छन। उनी चियादानीमा पुगेर उक्त अन्तरसंवाद गरेकी हुन।
उनी आजकल युवाहरूको जमघट हुने ठाउँमा समेत सक्रिय हुन थालेकी छिन। त्यही क्रममा उनले शुक्रबार काठमाडौँको बानेश्वरमा रहेको चियादानीमा युवाहरूसँग उद्यम र राजनीतिबारे संवाद गरेकी हुन।