News Desk
सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेको छ।
अदालतका न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त हत्याकाण्डबारे छानबिन गर्न परमादेश जारी गरेको हो ।
त्रिभुवन साहलगायतले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त परमादेश दिएको हो।
२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा उक्त हत्याकाण्ड भएको थियो। घटनामा माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो।
त्यो दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेश मुक्ति मोर्चाले उही समयमा तर फरकफरक स्थानमा कार्यक्रम गरे पनि झडप हुन पुगेको थियो।