News Desk
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपाल तीन दिने औपचारिक भ्रमणमा आज काठमाडौं आइपुगेकी छन। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति सुआनलाई परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए।
नेपाल आगमनपछि उपराष्ट्रपति सुआनले नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थीन। उनले आजै परराष्ट्रमन्त्री डा। राणासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भदौ ९ गतेसम्म नेपालमा रहने उनको यस भ्रमणलाई नेपाल–भियतनाम मित्रताका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लीएको छ।