नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित
News Desk
Aug-24 , 2025 तारिख 07:33 बिहान

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा अध्यक्षमा निर्वाचित भएका छन। आइतबार बिहान सम्पन्न मतगणनामा उनले प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई हराएका हुन। निर्वाचन समितिका अनुसार शेर्पाले ३४२ मत प्राप्त गर्दा गुरुङले २८८ मत पाए।

अन्य पदाधिकारीमा पनि नयाँ नेतृत्व चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ज्ञाबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा विजयी भएका छन।

त्यस्तै सचिव पदमा चन्दन थापा निर्वाचित भए भने कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत पाए।

सदस्यतर्फ माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ।

धेरै पढिएको