लिपुलेकमार्ग हुँदै व्यापारिक सहमति गरेपछि नेपाल सरकारले चीन र भारत दुवैलाई पठायो कूटनीतिक नोट
News Desk
Aug-24 , 2025 तारिख 01:22 बेलुका

लिपुलेकमार्ग हुँदै व्यापारिक सहमति गरेपछि नेपाल सरकारले चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाएको छ।
सरकारले काठमाडौँस्थित दुवै देशका कूटनीतिक नियोगमार्फत नोट पठाउँदै सीमा विवाद समाधानका लागि पूर्वस्थापित संयन्त्रमार्फत वार्ता गर्नुपर्नेमा जोड दिएको हो।

चौतर्फी चासो र दबाब बढेपछि नेपालले यस्तो कदम चालेको हो। शनिबार दाङमा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले समेत भारत–चीनबीच भएको सहमति नेपालका लागि अस्वीकार्य भएको उल्लेख गर्दै नेपाल सरकारले कूटनीतिक नोट पठाइसकेको जानकारी दिनुभयो।