News Desk
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा तनहुँस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई ३०० शय्या क्षमतामा विस्तार गर्ने सम्झौता हुने भएको छ।
शुक्लागण्डकी–५, बेलचौतारामा रहेको केन्द्रमा आज ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणाली सुरु गर्ने कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भारत सरकारसँगको सहमतिअनुसार रु ६०० करोड लागतमा अस्पताल भवन निर्माण हुने जानकारी दिए। उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भारतको स्वास्थ्य मन्त्रालयमा पुगेको छ र प्रक्रिया पूरा भइसकेको छ।
मन्त्री पौडेलले अस्पताललाई स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउन लक्ष्य राखिएको बताए। उनले संघ, प्रदेश र स्थानीय तीनै तहको सहयोग आवश्यक हुने उल्लेख गर्दै, आगामी दिनमा एमडीजीपी डाक्टर शिक्षणको व्यवस्था पनि सुरु गरिने बताए।