News Desk
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका छन। तियानजिनमा भएको भेटवार्ताका क्रममा ओलीले पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन।
रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ।
त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको र नेपाल-रुस सिधा हवाई उडान गर्ने विषयमा पनि छलफल भएको परराष्ट्रसचिव राईले बताए।