फिनिक्स कलेज ब​न्यो लिङ्कन युनिभर्सिटी मलेसियासँग शैक्षिक सम्बन्धन पाउने नेपालकै पहिलो कलेज
News Desk
Sep-04 , 2025 तारिख 06:32 बेलुका

 काठमाडौं मैतिदेवी चोकमा अवस्थित Phoenix College of Management ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपालकै पहिलो पटक यस कलेजले Lincoln University, Malaysia बाट शैक्षिक सम्बन्धन प्राप्त गरी अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त Bachelor’s र Master’s Degree कार्यक्रम सुरु गरेको छ। व्यवस्थापन (Management), आतिथ्य (Hospitality) र सूचना प्रविधि (IT) क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिनिक्स कलेज अहिले नेपालमै मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत अग्रणी शैक्षिक केन्द्रका रूपमा उदाउँदैछ।

यस कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र विकासलाई विशेष प्राथमिकता दिएको छ। आत्मविश्वास र करियर तयारीलाई मजबुत बनाउनका लागि कलेजले Skill-up Programs, Mentorship Sessions, Professional Workshops लगायतका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। अनुभवी प्राध्यापकहरू, दक्ष व्यवस्थापन टोली (Strong Management Board) र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिले यहाँको शिक्षा अझ प्रभावकारी बनेको छ।

फिनिक्स कलेज आधुनिक पूर्वाधार र प्रविधियुक्त सुविधाहरूले सम्पन्न छ। स्मार्ट कक्षा, डिजिटल टुल्स, अत्याधुनिक कम्प्युटर ल्याब लगायतका सुविधाले विद्यार्थीलाई अन्तरक्रियात्मक शिक्षा दिने वातावरण सिर्जना गरेको छ। विशेषगरी आतिथ्य शिक्षा (BHM) का लागि उपलब्ध Practical Kitchen, Food Production Lab र Hospitality Training Units ले अन्तर्राष्ट्रिय स्तरको व्यावहारिक अनुभव प्रदान गर्दछ, जसले विद्यार्थीलाई अध्ययनकै सुरुवातदेखि नै रोजगारी–तयार (Job-Ready) बनाउन मद्दत गर्छ।

यसैगरी, फिनिक्स कलेजले उद्योग, होटल, पर्यटन व्यवसाय र अग्रणी कम्पनीहरूसँग सहकार्य गर्दै विद्यार्थीलाई Internship र Industry Exposure को अवसर प्रदान गर्दछ। यसले कक्षा शिक्षालाई वास्तविक व्यावसायिक अभ्याससँग जोड्ने कार्य गरेको छ, जसले गर्दा यहाँका स्नातक विद्यार्थीहरू रोजगारी बजारमा बलियो प्रतिस्पर्धी बनेका छन्।

अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्धन, अत्याधुनिक पूर्वाधार, उच्चस्तरीय शिक्षण पद्धति, उद्योगसँगको सहकार्य र विद्यार्थीको सफल भविष्यप्रतिको स्पष्ट दृष्टिकोणका साथ, Phoenix College of Management नेपालकै अग्रणी शैक्षिक संस्थामध्ये एकको रूपमा स्थापित भएको छ। यसले व्यवस्थापन, आतिथ्य र सूचना प्रविधि क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई प्रेरित, शिक्षित र सक्षम बनाउँदै विश्वस्तरीय करियरको ढोका खोलिरहेको छ।

धेरै पढिएको