नेपाल टेलिभिजनले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममा सामग्री प्रकाशन नगर्ने
News Desk
Sep-08 , 2025 तारिख 11:53 बिहान

काठमाडौँ । सरकारले सूचीकरण नभएका २६ सामाजिक सञ्जाल र स्ट्रिमिङ सेवा बन्द गर्न थालेसँगै सरकारी स्वामित्वको नेपाल टेलिभिजनले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममा सामग्री प्रकाशन रोकेको छ।

नेपाल टेलिभिजन अघिसम्म युट्युब र फेसबुकमा निकै सक्रिय रहँदै आएको थियो। यसको युट्युब च्यानलमा करिब आठ लाख सब्सक्राइबर छन् भने फेसबुकमा तीन लाख ६० हजारभन्दा बढी फलोअर छन्। फेसबुक पेजमार्फत सरकारका गतिविधि, समाचार तथा विभिन्न कार्यक्रमहरू नियमित रूपमा प्रशारण हुँदै आएका थिए।