News Desk
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका छन । सोमबार साँझ अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूले पद नत्याग्ने बताए ।
उनका अनुसार गृहमन्त्री रमेश लेखकले भने आफ्नो पदबाट राजीनामा दीसकेका छन । पत्रकारको प्रश्नमा मन्त्री गुरुङले "सडकमा बसेर राजीनामा मागेर हुँदैन" भन्ने टिप्पणी गरे ।
सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने पीडित परिवारलाई उचित राहत दिने र घाइतेलाई निःशुल्क उपचार उपलब्ध गराउने निर्णय गरेको पनि उनले जानकारी दिए ।