स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पदबाट राजीनामा
News Desk
Sep-09 , 2025 तारिख 07:32 बेलुका

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामाको कारण हालसालै काठमाडौंसहित देशभर सडकमा देखिएको जनआक्रोश र त्यसप्रति राज्य संयन्त्रको प्रतिक्रिया रहेको स्पष्ट पारेका छन्।

 आफ्नो राजीनामा पत्रमा लेखेका छन्, 'हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशै भरीका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन सडक र सामाजिक सञ्जालमा उर्लिएको जेनजी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन।'

एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा आफू पदमा रही रहन नसकेको उनले बताएका छन्। 'लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु', उनले भनेका छन्।