राज्यका तीनवटै अंग जेनजी आन्दोलनकारीले नियन्त्रणमा
News Desk
Sep-09 , 2025 तारिख 10:32 बेलुका

राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् ।

ती निकाय संसद, सिंहदरबार र सर्वोच्च अदालतमा उनीहरुले आगजनी समेत गरेका छन् ।

त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोडसमेत गरेका छन्।

सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल पनि गरेका छन् ।