सैनिक मुख्यालय जंगीअड्डामा अन्तरिम प्रधानमन्त्रीको प्रस्ताव लिएर जाने युवाको भीड
News Desk
Sep-11 , 2025 तारिख 12:09 बेलुका

सैनिक मुख्यालय जंगीअड्डामा अन्तरिम प्रधानमन्त्रीको प्रस्ताव लिएर जाने युवाको भीड देखिएको छ। राति अबेरसम्म विभिन्न समूहहरूले आ–आफ्नो ढङ्गले सम्भावित प्रधानमन्त्रीको नाम प्रस्तुत गरे।

तर, जेन–जेड समूहले कसले वार्तामा नेतृत्व गर्ने भन्ने विषयमा विवाद चर्किएपछि नेपाली सेनाले बाहिर जम्मा भएका युवालाई नेता चयन गरेर मात्र भोलि आउनुहोस् भन्दै माइकिङमार्फत आग्रह गरेको हो।

एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउनुपर्ने अडान लिँदा अर्को समूहले धरानका मेयर हर्क साम्पाङको नाम अघि सारेको थियो। यससँगै बालेन शाह, महाबीर पुन, कुलमान घिसिङलगायतका नाम पनि चर्चामा आएका छन्।

विवाद बढेपछि सेनाले नेताको नाम निश्चित गरी सम्पर्क नम्बरसहित बिहीबार प्रस्तुत गर्न भनिएको हो।