पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरिम सरकारको प्र​धान​म​न्त्रीका रुप​मा आजै श​प​थ​ ग​र्ने
News Desk
Sep-13 , 2025 तारिख 01:41 बिहान

काठमाडौँ, भाद्र २७ । लगातारको राजनीतिक छलफलपछि शीतलनिवासमा अन्तरिम सरकार गठन गर्ने सहमति जुटेको छ। सहमतिअनुसार संसद विघटन गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने निश्चित भएको छ। संसद विघटनसँगै आजै कार्कीले प्रधानमन्त्रीको पदमा शपथ ग्रहण गर्ने तयारी गरिएको छ। उनको नेतृत्वमा प्रारम्भिक चरणमा तीन सदस्यीय मन्त्रिपरिषद रहनेछ भने मन्त्रीहरूको नाम भने अहिलेसम्म टुंगो लागिसकेको छैन।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिचिने भन्दै संसद विघटनमा असहमति जनाएका थिए। तर, आन्दोलनकारी शक्ति जेन–जीको निरन्तर दबाबपछि अन्ततः राष्ट्रपति संसद विघटनको निर्णयमा सहमत भएका हुन।

हाल शीतलनिवासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मस्यौदा तयार पारिँदैछ। कानुनविदहरूको सुझावमा संविधान नउल्लङ्घन हुने गरी प्रक्रिया अघि बढाइएको बताइएको छ।