प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले गरे प्रतिनिधिसभा विघटन
News Desk
Sep-13 , 2025 तारिख 02:00 बेलुका

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा जारी विज्ञप्ति अनुसार, २७ भदौ शुक्रबार राति ११:०० बजेदेखि प्रतिनिधिसभा विघटनको निर्णय लागू हुनेछ।

त्यसैगरी, नयाँ प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते बिहीबार गर्ने मिति तोकिएको छ। सन् २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिक परिवर्तनका कारण आफ्नो कार्यकाल पूरा नगरी विसर्जनमा परेको हो।