जेन–जी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने निर्णय
News Desk
Sep-14 , 2025 तारिख 06:07 बेलुका

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेको पहिलो दिनै जेन–जी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन्। साथै, प्रत्येक शहीद परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

आइतबार पदभार ग्रहण गरेलगत्तै उनले यस निर्णयमा हस्ताक्षर गरेकी हुन्। हालसम्म आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ। यसैबीच १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।