News Desk
समाजसेवी साबित्री थापा खनाल युनिप युएन ग्लोरी एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छिन । खनाल हालै थाईल्याण्डको बैककमा सम्पन्न युनिप युएन ग्लोरी ग्लोबल मिट कार्यक्रम माझ उक्तावार्डबाट सम्मानित भएकी हुन । युनाईटेड नेचर ईण्टरनेशनल पिस नेपाल च्याप्टर र ग्लोरी मिडियाले उनलई उक्त अवार्ड प्रदान गरेको हो । उनलाई नेपाल विधा अन्तर्गत सामाजिक योगदानकर्ता तर्फको अवार्ड दि ईएको हो । खनाललाई कार्यक्रमकी प्रमुख अतिथि युएन आईपि थाईल्याण्ड च्याप्टरकी अध्यक्ष प्रा. डा. श्रिवान किङ्जुन, कार्यक्रमका सभापति युएन आईपि नेपाल च्याप्टरका अध्यक्ष भिक्षु डा. राजु लामा पि कोन्दन, कार्यक्रम सम्योजक एवम ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले सम्मान गरेका थिए । काठमाण्डौ वालुवाटार निवासी खनाल विगत २ दशक यता सामाजिक गतिविधिमा निकै सक्रिय रहदई आएकी छिन ।
