खनाल, घिसिङ र अर्याल मन्त्रीमा सिफारिस, आजै शपथ
News Desk
Sep-15 , 2025 तारिख 12:03 बेलुका

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा तीन नयाँ मन्त्री थप्न सिफारिस गर्नुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको सिफारिसअनुसार पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाउन लागिएको हो।

खनाललाई अर्थ मन्त्रालयको नेतृत्व दिने तयारी छ भने अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिनेछ। घिसिङलाई भने ऊर्जा, जलस्रोत, सिँचाइ, भौतिक पूर्वाधार, यातायात र शहरी विकास जस्ता मन्त्रालय सम्हाल्ने जिम्मा दिन लागिएको छ।

यी तीन मन्त्रीले आज साँझै शपथग्रहण गर्ने कार्यक्रम तय भएको बुझिएको छ।