News Desk
काठमाडौं । सामाजिक व्यक्तित्व शिवहरी खनाल अन्तर्राष्ट्रिय शान्ति दूतमा नियुक्त भएका छन्। हालै थाइल्यान्डको बैंककमा सम्पन्न युनिप युएन ग्लोरी ग्लोबल मिट कार्यक्रममा उनलाई एक वर्षको अवधि (सेप्टेम्बर १, २०२५ देखि अगस्ट ३०, २०२६ सम्म) का लागि शान्ति दूत नियुक्त गरिएको हो।
खनाललाई युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टर र ग्लोरी मिडियाले सामाजिक तथा मानविय कार्यमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गर्दै उक्त जिम्मेवारी प्रदान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि युएनआईपी थाइल्यान्ड च्याप्टरकी अध्यक्ष प्रा. डा. श्रिवान किङ्जुन, सभापति युएनआईपी नेपाल च्याप्टरका अध्यक्ष भिक्षु डा. राजु लामा पि. कोन्दन र कार्यक्रम संयोजक एवम् ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले खनाललाई प्रमाणपत्र र ब्याज हस्तान्तरण गरेका थिए।
काठमाडौंको बालुवाटार निवासी खनाल तीन दशकदेखि सामाजिक गतिविधिमा सक्रिय रहेका छन्। उनी विरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष तथा रोटरी क्लब अफ कपनका पूर्व अध्यक्ष समेत हुन्।
