तलबबाट कटौती गरी मृतक प्रहरीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराइने
News Desk
Sep-16 , 2025 तारिख 12:05 बेलुका

नेपाल प्रहरीका कर्मचारीको तलब कट्टा गरी आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई सहयोग गर्ने निर्णय भएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कटौती गरी मृतक प्रहरीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराइनेछ।

यस सम्बन्धमा जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते आन्दोलन नियन्त्रणको क्रममा कर्तव्य पालनाका सिलसिलामा शहीद भएका प्रहरीको परिवारलाई सहयोगस्वरूप प्रहरी नेतृत्वदेखि निरीक्षक तहसम्मको तलब कटाएर प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी गराइन्छ।”