News Desk
सङ्खुवासभाको सदरमुकाम खाँदवारिमा पानी आपूर्ति बन्द भएको छ । गए राति वर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि सदरमुकाम खाँदवारिमा खानेपानी आपूर्ति अवरुद्ध भएको हो । उक्त आयोजनाबाट खाँद बारी बजारका करिब एक हजार जनाले लाभान्वित हुँदै आएका थिए । खाँद बारी नगरपालिका–४ महभिरस्थित गए राति वर्षासँगै आएको पहिरोले करिब ६५ मिटर जिआई पाइप बगाएपछि खाँदवारिमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य राज बरालले बताउनुभयो ।
पहिरोका कारण खाँद बारी बजारमा आज देखि खानेपानी वितरण ठप्प भएको छ । पहिरोले यस अघि गत भदौ ५ गते ठुलो पहिरोले मुहानको इन्टेक पुरेपछि करिब एक साता खानेपानी वितरण ठप्प भएको थियो । खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँद बारी नगरपालिका –७ स्थित आर्मी क्याम्प बाट रिर्जवमा रहेको ट्याङ्कीबाट वितरण गरिने अध्यक्ष बरालले बताउनुभयो ।
खानेपानी मर्मतका लागि आजैबाट टोली परिचालन गरिएको र चाडै खानेपानी आपूर्ति सुचारु गरिने खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य राज बरालले बताउनुभयो । संस्थाले तत्काल आपूर्ति सहज बनाउन वैकल्पिक स्रोतको सम्भावना खोजी भइरहेको जनाएको छ । सदरमुकाम खाँदवारिमा दैनिक करिब १० लाख लिटर खपत हुने भए पनि आपूर्ति रोकिएपछि स्थानीयहरू पुराना कुवा र धारामा निर्भर भएका छन् ।