जेनजी आन्दोलनको क्रममा दाङको तुलसीपुर कारागारबाट भागेका १०१ कैदी बन्दी कारागार फर्किए
News Desk
Sep-16 , 2025 तारिख 04:56 बेलुका

जेनजी आन्दोलनको क्रममा दाङको तुलसीपुर कारागारबाट भागेका १०१ कैदी बन्दी कारागार फर्केका छन् । यस्तै अन्य १२ जना पनि सम्पर्कमा आएको तुलसीपुर कारागारका जेलर गिरबहादुर सेजवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर कारागारबाट २५३ कैदी बन्दी भागेका थिए । अन्य कैदीबन्दीहरुको पनि खोजी कार्य भइरहेको छ । ‘भागेका कैदीबन्दीहरुलाई फर्किनको लागि प्रशासनले सूचना जारी गरेपछि उनीहरू फर्किएका हुन् ।

अहिले फर्किने क्रम जारी छ’, जेलर सेजवालले भन्नुभयो, ‘१२ जना सम्पर्कमा आइसकेका छन्, सम्पर्कमा नआएकाहरूको खोजी गरिरहेका छौँ ।’ जेनजी आन्दोलनको मौका पारेर तुलसीपुर कारागारबाट पहिलो दिन १२४ जना र दोस्रो दिन १२९ जना कैदी बन्दी भागेका थिए ।