प्राधिकरणभित्रको ‘मन्त्री कार्यकक्ष’ तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको आदेश
News Desk
Sep-17 , 2025 तारिख 11:44 बिहान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र पूर्वऊर्जामन्त्री दीपक खड्काले निर्माण गराएको ‘मन्त्री कार्यकक्ष’ तत्काल बन्द गर्न आदेश दिएका छन्।

साथै भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका घिसिङले उक्त कोठालाई अब प्राधिकरणको नियमित कामकाजका लागि प्रयोग गर्न निर्देशन दिएका छन्।

उनै घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक रहँदा तत्कालीन ऊर्जामन्त्री खड्काले त्यहाँ मन्त्री कार्यकक्ष बनाउन लगाएका थिए।