News Desk
निराज रानाभाट, काठमाडौं । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ आईले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई किचनका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । नेपालमा राजनीतिक भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्धको विरोधमा युवा पुस्ता ( जेन जी ) ले वि.सं. २०८२ भदौ २३ र २४ गतेको आन्दोलन क्रममा राजधानी काठमाडौंको स्वयम्भूस्थित भूइखेलमा रहेको महानगरीय प्रहरी वृत्तको डि एस पि कार्यालयमा आगजनी साथै तोडफोडबाट पूर्ण क्षति भएको हुँदा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ आईले ग्यास सिलिण्डर, ग्यास चुला, प्रेसर कुकर, कराई, गिलास, कचौरा, भट्टी चुलोलगायत सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
डिष्ट्रिक ३२५ आईका गभर्नर लायन पार्वती खरेल पाण्डेको नेतृत्वमा लायन्स क्लव अफ काठमाण्डौका करिब १६ वटा क्लवका प्रतिनिधिहरुको उपस्थितिमा काठमाडौंको स्वयम्भूस्थित भूइखेलमा रहेको महानगरीय प्रहरी वृत्त कार्यालयमा आज एक कार्यक्रमबीच सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
