विभिन्न कार्यक्रमहरूको आयोजना गरी आज संविधान दिवस मनाइँदैछ
News Desk
Sep-19 , 2025 तारिख 11:59 बिहान

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ।

यस अवसरमा बिहान ८ः३० बजे टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुने तय भएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। तर, वर्तमान विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै झाँकीसहितका अन्य प्रदर्शनात्मक कार्यक्रम स्थगित गरिएको छ।

संविधान दिवस नेपाली जनताको लामो संघर्ष र बलिदानी यात्राबाट प्राप्त ऐतिहासिक उपलब्धिको प्रतीक मानिन्छ। दोस्रो संविधानसभाले निरन्तर छलफल, विवाद र प्रयासपछि २०७२ साल असोज ३ गते नेपालको संविधान पारित गरेको थियो।

त्यसै रात, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संविधानसभा बैठकबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान, २०७२’ जारी भएको औपचारिक घोषणा गरेका थिए।