News Desk
अरु भन्दा यो नै राम्रो, देखिएको थियो
तब मात्र लेखौँ भनि, लेखिएको थियो
किन यत्ति चाँडै उठ्यो, संबिधानमा प्रश्न
यसैबाट निरङ्कुशता, छेकिएको थियो
सही गलत धारा छुट्याई, अब छान्नुपर्छ
जनताका आकांक्षालाई, पनि जान्नुपर्छ
सबै मिली देशको रक्षा, गर्ने बेला हो यो -
कानुन अनि संबिधानलाई,सबले मान्नुपर्छ
न हुन कोही होचा अग्ला, सबै बराबरी
हेर्दा सबको देखिने होस्, शिरै हाराहारी
यस्तो पो त हुनुपर्छ, देशको कानुन भन्या
एकआपसमा माया प्रीति, बनोस् सराबरी
-मुकुन्द पौडेल
रत्ननगर १३, माधवपुर
चितवन