News Desk
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आगामी दसैँका दिनमा उपत्यकाबाट बाहिरिने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नागढुंगा सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
शनिबार सिंहदरबारमा आयोजित बैठकमा यातायात व्यवस्था विभाग, सुरक्षा निकाय तथा यातायात व्यवसायीहरूलाई सहभागी गराइएको थियो। बैठकमा दसैँ अवधिभर काठमाडौं उपत्यकाबाट बाहिरिने बस तथा अन्य यात्रुवाहक सार्वजनिक सवारी साधनलाई अनिवार्य रूपमा नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र सञ्चालन गर्ने र चाडपर्व सकिएपछि त्यही मार्ग हुँदै पुनः उपत्यकामा फर्किने व्यवस्था मिलाउने विषयमा छलफल गरी आवश्यक कदम चाल्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।