News Desk
–कृष्ण शाह
विद्यालयमै गुञ्जियो करूणाको स्वर,
देशको लागि त्याग भयो जीवनभर,
रगतले भिज्यो देशको भुइँ,
अन्यायको सामुन्ने ढलेका उही
परिवारका सपना भए टुक्राटुक्री,
जनताको आँसु बग्यो नदीझैँ अविरल
सत्ताले देखायो निरङ्कुशता,
इतिहासमा रह्यो पीडाको कथा
संंरचना जले, श्रम गयो खेर,
आवाज दबाइयो, आँसु बग्यो निरन्तर
देशको अस्तित्व संकटमा पर्यो,
रित्तो भो आमाको काख घरघर
तुफान आए पनि निभेन जनताको आवाज,
आशाले दिएको छ सुनौलो सुरुवात्
रगतले लेख्यो बलिदानको कथा,
बदल्नुछ अब देशमा नयाँ सत्ता
नेतृत्व अब सोचेरअघि बढ्नुपर्छ
जनताको विश्वासमा देश सम्हाल्नुपर्छ
नयाँ प्रकाशले नेपाल उज्यालो बनोस्,
न्याय र सत्यले राष्ट्र उठोस् l